मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले पालिकाभित्र विभिन्न वडामा सञ्चालनमा रहेका व्यवसायहरु दर्ता तथा नवीकरण गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आर्थिक ऐन, २०७९ बमोजिम उद्योग, फर्म, सहकारी संस्था, अटो रिक्सा र (घ) वर्गका निर्माण व्यवसायीहरुले साउन मसान्तभित्र आफ्नो व्यवयाय दर्ता तथा नवीकरण गर्न अनुरोध गरेको हो ।
आफ्नो व्यवसाय दर्ता तथा नवीकरण गाउँपालिकाको कार्यालय र सम्बन्धित वडा कार्यालयमा गई गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसाय दर्ता तथा नवीकरण साउन मसान्तसम्म नगरेमा नियम अनुसार जरिवाना लाग्ने छ ।