पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ स्थित भुलुमा गए राति अमर विष्टको घर पहिरोले पुरिएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उद्धार गरिएको छ।

‘पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ,’ उनले  भने, ‘तीन जनाको मृत्यु भएको छ भने एक घाइतेको उद्धार गरेका छौं।’ ६५ वर्षीया नैना विष्ट गम्भीर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

करिब ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षका वीरेन्द्र विष्ट र १५ वर्षका संविधान विष्टको पहिरोले घर पुरिँदा मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिए। उनीहरू एकै घरपरिवारका हुन्।

गए राति घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको थियो। घटनास्थलमा प्रहरी र स्थानीयबासी पुगेका छन्।

पहिरोले घर पुरिँदा ८ बाख्रा पनि मरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार