पिपलनेटाबाट १४ वर्षीय बालक बेपत्ता

पिपलनेटाबाट १४ वर्षीय बालक बेपत्ता

बेपत्ता बिज्ञान बिष्ट

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ पिपलनेटाबाट एक बालक ६ दिनदेखि वेपत्ता भएका छन् । १४ वर्षीय बिज्ञान बिष्ट गएको शनिबार (साउन ७ गते) देखि हराएका हुन ।

मुसिकोट नगरपालिका वडा नम्बर  ३ पिपलनेटा स्थित आफ्नै घरबाट साबुन किन्न भनेर बजार निक्लेका विज्ञान ६ दिनदेखि सम्पर्कमा नआएको विज्ञानका बुवा रुपलाल विष्टले जानकारी दिनुभयो ।

उनी त्रिभुवन जनता माद्यामिक विद्यालय खलंगामा कक्षा ९ मा अध्ययनरत छन । बुवा रुपलालले विज्ञानको खोजीकार्यमा सहयोग गरिदिन सबैसँग अनुरोध गर्नुभएको छ ।

विज्ञानलाई कहि कतै कसैले भेटेमा वा केहि जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा वा निजका वुवा रुपलालको नम्बर ९८६९९८३१७८ मा खवर गरिदिन परिवारले आग्रह गरेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार