अन्तरपार्टी महिला सन्जाल बाँफिकोटको अध्यक्षमा झरणा

अन्तरपार्टी महिला सन्जाल बाँफिकोटको अध्यक्षमा झरणा

मुसिकोट । अन्तरपार्टी महिला सन्जाल बाँफिकोट गाउँपालिकाको भेला सम्पन्न भएको छ । देउसरा केसिको अध्यक्षतामा सम्पन्न भएको भेलाले झरणा शाहीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको छ ।

जसको उपाध्यक्षतामा पिवली जैसी, सचिवमा टीका राणा मगर र कोषाध्यक्षमा सुमित्रा शाही चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा नन्दा कुमारी केसी नाथ, सिता वली, जमुना विएम देवकोटा, सृजना विक, जिवनकला बिष्ट बाँठा, हिरा मल्ल गिरी, जनकुमारी खत्री, सरिता केसी, टिका शाही चयन हुनुभएको छ । बाँकी ३ जना पछि मनोनित गरिने जनाइएको छ ।

बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा मगरको प्रमुख आतिथ्यता रहको उक्त भेलामा गाउँपालिका उपाध्यक्ष ताराबुढा केसी, बाँफिकोट गाउँपालिका पूर्व उपाध्यक्ष मनकला पुनमगर लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार