त्रिवेणीमा किसानलाई डाँले घाँसका विरुवा वितरण

त्रिवेणीमा किसानलाई डाँले घाँसका विरुवा वितरण

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानहरुलाई डाँले घाँसका विरुवा राईखन्यु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ८ र ९ का ५० किसानलाई बिरुवा वितरण गरिएको हो।

वन वातावरण मन्त्रालय अन्तर्गत पहाडी साना किसानका लागि अनुकूल परियोजना (आशा) को आर्थिक सहयोग र वडाको कार्यालयको समन्वयमा किसानहरुलाई बिरुवा वितरण गरिएको हो ।

न्यून आय स्रोत भएका वडा नम्बर ८ का २५ किसान र वडा नम्बर ९ का २५ किसानलाई ३५ वटाका दरले डाँले घाँसका विरुवा (राईखन्यु) वितरण गरिएको आशा परियोजना त्रिवेणीका सामाजिक परिचालक तिलकबहादुर ओलीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार