एकैदिन लगाए बाबुछोराले डीएसपीको फूली

एकैदिन लगाए बाबुछोराले डीएसपीको फूली

२४ वर्षको अन्तरमा भर्ना भएर पनि एकै दिन बढुवा भएका बाबुछोराले बिहीबार प्रहरी नायव उपरीक्षक (डीएसपी) को फुली लगाउनु भएको छ ।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उहाँका छोरा ध्रुव अधिकारी हुनुहुन्छ। राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा हुनुभएको हो ।

उहाँहरुसहित बढुवा भएका डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।

जनपदतर्फका राजेन्द्र अधिकारी र प्राविधिकतर्फ उहाँका छोरा ध्रुव अधिकारीले दर्ज्यानी चिन्ह लगाउनु भएको हो ।

राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा सुरू गर्नुभएको थियो । ध्रुव २०७५ सालमा प्राविधिकतर्फ इन्सपेक्टरमा भर्ना हुनु भएको थियो ।

ध्रुव इन्जिनियर हुनुहुन्छ । राजेन्द्रका दुई सन्तानमध्ये जेठा छोरा पनि इन्जिनियर हुनुहुन्छ। राजेन्द्र २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा हुनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार