पहिचान नभएपछि बेवारिसे शव गाडियो

पहिचान नभएपछि बेवारिसे शव गाडियो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ गिलबाङ नजिकै फेला परेको महिलाको शवलाई आज सदगद गरिएको छ ।

गत साउन ६ गते साँझ गिल्वाङ स्थित निपानेको एक गोठमा मृत अवस्थामा भेटिएको उक्त महिलाको शवलाई गाडिएको हो । शव भेटिएपछि जिल्ला अस्पतलामा राखिएको थियो ।

अन्दाजी ४० वर्षिया महिलाको शव भेटिएको १७ दिन पुग्दा सम्म पनि पहिचान खुल्न नसकेपछि मुसिकोट नगरपालिकाबाट गएको नगर प्रहरीले शवको सदगत गरेको जनाइएको छ ।

आवश्यक प्रक्रिया पुरा गरेर उक्त शव मुसिकोट नगरपालिका वडा नम्बर ३ मुग्लुखोलामा गाडिएको नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो । शव कुहिएको अवस्थामा भेटिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार