रुकुममा ई – पासपोर्टको अनलाईन फाराम भर्नको लागि शुल्क निर्धारण

रुकुममा ई – पासपोर्टको अनलाईन फाराम भर्नको लागि शुल्क निर्धारण

फाईल फोटो

मुसिकोट । रुकुम पश्चिममा विद्युतीय राहदानी (ई – पासपोर्ट)को अनलाईन फाराम भर्नको लागि शुल्क निर्धारण गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा रुकुम उद्योग वाणिज्य संघको समन्वयमा व्यावसायीहरु बिच भएको छलफल पश्चात अनलाईन फाराम भर्नको लागि शुल्क तय गरिएको हो ।

ई – पासपोर्टको अनलाईन फाराम भर्नलाई व्यवसायीहरुले सेवाग्राहिहरुबाट अब रु. १५० मात्र लिने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । यस अघि अनलाईन फाराम भर्ने व्यवसायीहरुले सेवाग्राहिहरुबाट मनपरी शुल्क लिने गरेको गुनासो आएपछि कार्यालयले आईतबार देखि सिधै ई- पासपोर्टको अनलाईन फाराम भर्न सुरु गरेको थियो ।

व्यवसायी अर्थात सेवा प्रदायकहरुले विभिन्न बहानामा अनलाईन फाराम भरेको रु. ३०० देखि ५०० सम्म शुल्क लिने गरेको गुनासोपछि प्रशासन आफैले फाराम भरिदिन थालेको थियो । सेवा प्रदायक निकायको व्यवसायीक पक्षलाई ख्याल गर्दै सेवाग्राहिहरुलाई मर्का नपर्नेगरी उक्त शुल्क निर्धारण गरिएको प्रजिअ घिमिरेले उल्लेख गर्नुभयो ।

आगामी दिनहरुमा सेवाग्राहिहरुबाट व्यवसायीहरुले ताेकिएकाे दर भन्दा बढी रकम लिने गरेकाे पाइएमा जिल्ला प्रशासनले कारबाहि गर्ने जनाएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार