त्रिशूलीमा ट्रक खस्यो

त्रिशूलीमा ट्रक खस्यो

मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।

अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए ।

ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार