प्यूठानमा जीप दुर्घटना, एकै घरका दुई जनाको मृत्यु

प्यूठानमा जीप दुर्घटना, एकै घरका दुई जनाको मृत्यु

प्यूठानमा भएको सवारी दुर्घटनामा दुई जनाकाे मृत्यु भएको छ। नौबहिनी गाउँपालिका– ६ मा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एकै घरका दुई बालिकाको मृत्यु भएको हाे।

नौबहिनी गाउँपालिका–५ डामृका रेमसरा बुढामगरको दुई छोरीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुशिल कुमार थापाका अनुसार ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी नवजात शिसु चेतना बुढामगरको मृत्यु भएको हो।

बाग्दुलाबाट डामृ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप बाहाने नजिकै खहरे खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका १२ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार