रुकुमकोट । नेपाल समाजवादी पार्टी (नेसपा )नेपालका केन्द्रीय सदस्य एवं दलित अगुवा उपेन्द्रलाल कामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार रुकुमकोटमा नेकपा एमाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँ सहित ३ जना एमाले प्रवेश गरेका हुन ।
नवप्रशेसिहरुलाई पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गराउनुभएको हो ।
केन्द्रिय सदस्य कामीका साथमा समाजवादी विद्यार्थी परिषद्का जिल्ला संयोजक तेजेन्द्र खड्का र स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सिस्ने गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षका उम्मेदवार तथा समाजवादी युवा परिषद्का जिल्ला संयोजक विशाल गिरी एमाले प्रवेश गरेका छन् ।