नेसपाका केन्द्रीय सदस्य उपेन्द्रलाल एमाले प्रवेश

नेसपाका केन्द्रीय सदस्य उपेन्द्रलाल एमाले प्रवेश

उपेन्द्रलाल कामी

रुकुमकोट । नेपाल समाजवादी पार्टी (नेसपा )नेपालका केन्द्रीय सदस्य एवं दलित अगुवा उपेन्द्रलाल कामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार रुकुमकोटमा नेकपा एमाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँ सहित ३ जना एमाले प्रवेश गरेका हुन ।

नवप्रशेसिहरुलाई पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गराउनुभएको हो ।

केन्द्रिय सदस्य कामीका साथमा समाजवादी विद्यार्थी परिषद्का जिल्ला संयोजक तेजेन्द्र खड्का र स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सिस्ने गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षका उम्मेदवार तथा समाजवादी युवा परिषद्का जिल्ला संयोजक विशाल गिरी  एमाले प्रवेश गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार