राउखेतमा डोजर दुर्घटना हुँदा चालकको ज्यान गयो

राउखेतमा डोजर दुर्घटना हुँदा चालकको ज्यान गयो

मुसिकोट । रुकुम पश्चिममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ राउखेतमा डोजर दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आउनुभएका ६० बर्षिय मानबहादुर प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार सोमबार बेलुका पातुखोला-राउखेत सडकखण्ड मर्मतको क्रममा सोमबार डोजर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका चालक प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएको बेला डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

डोजर सडकबाट करिब १५० मिटर तल खसेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार