रुकुम पश्चिममा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध फाईजर खोप लगाइँदै

रुकुम पश्चिममा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध फाईजर खोप लगाइँदै

मुसिकोट । आजदेखि १२ भदौसम्म रुकुम पश्चिममा बालिकाहरुको लागि कोरोना बिरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य सेवा रुकुम पश्चिमले ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउन लागिएको हो ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्का अनुसार जिल्लामा ३ सय २५ वटा विद्यालयमा खोप अभियान संचालन हुने छ । उहाँका अनुसार जिल्लाका करिब २३ हजार बालबालिकाहरुले कोभिड विरुद्धको खोप पाउने छन् । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउन सुरु हुने छ ।

फाईजर खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ ।

खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासंग सम्पर्क गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ?

मन्त्रालयका अनुसार ५० जिल्लाहरुमध्ये प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुरका बालबालिकालाई फाइजर खोप दिइने छ ।

मधेश प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ ।

त्यसैगरी गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरद्धको खोप दिन लागिएको छ ।

कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि २७ जिल्लाका बालबालिकाहरुलाई सरकारले फाइजर खोप दिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार