वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली

वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन। काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको हो ।

यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ ।

शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपालीको थाप्लोमा नेतृत्व आएको हो ।

यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाइएको हो ।

भेलाबाट रुकुम पश्चिमका शैलेश शर्मालाई सचिव पदमा चयन हुनुभएकाे छ । त्यसैगरी रुकुम पश्चिमकै लक्ष्मण ओली, जनक विश्वकर्मा, भुषण रावल, शुशिला शाहि केन्द्रीय सदस्य हुनुभएको छ ।

रुकुम पूर्वबाट भुपेन्द्रा बुढा, टिकासाई घर्ती र मनबहादुर बिसी केन्द्रीय सदस्या चयन हुनुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार