सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने ब्यक्ति पक्राउ

सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने ब्यक्ति पक्राउ

जाजरकोट । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने एक ब्यक्ति जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका १३ खातीगुर्ता बस्नेत २७ बर्षका विष्णु गिरीलाई नक्कली कागजात सहित प्रहरीले पक्राउ गरेको हो ।

सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचय पत्र बनाई साथमा हिड्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हो ।

निजको साथबाट नेपाली सेनाको सह सेनानी दर्जा सहितको फोटो भएका परिचय पत्र समेतका कार्डहरु फेला पारि रितपुर्वक पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्कर पन्तले बताए । अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार