माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा

प्रमुख सचेतक गोपाल शर्मा

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन हुनुभएको छ । उहाँलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिनुभएको हो ।

यसअघि प्रमुख सचेत बन्नुभएकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो ।

शाह भन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा हुनुन्थ्यो। उहाँ एमालेमा प्रवेश गरेपछि शाह चयन हुनुभएको थियो ।

बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार