दसैंअगावै म्यादी प्रहरी छनोट

दसैंअगावै म्यादी प्रहरी छनोट

प्रहरी प्रधान कार्यालयले दसैंअगावै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जिल्ला–जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर म्यादी प्रहरी भर्नासम्बन्धी प्रक्रिया तथा जिल्लागत रूपमा संख्या निर्धारणको काम दसैंअघि नै सक्ने र नतिजा दसैंपछि प्रकाशन गरिने बताए ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा चारवटै सुरक्षा निकायबाट करिब २ लाख सुरक्षाकर्मी र १ लाख १५ हजार म्यादी प्रहरी खटाउने गरी सुरक्षा कार्यविधिलाई अन्तिम रूप दिन लागेको छ । सोही क्रममा सोमबार गृह मन्त्रालयले म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यविधिमा म्यादीको कार्य अवधि ४० दिन रहने उल्लेख छ ।

प्रहरी प्रवक्ता डीआईजी राईका अनुसार भदौ २६ मा म्यादी भर्नासम्बन्धी सूचना प्रकाशन, भदौ ३० देखि असोज ६ सम्म आवेदन, भदौ ७ मा सम्पर्क मिति, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइनेछ । उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार