माओवादी केन्द्र रुकुम पूर्वद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

माओवादी केन्द्र रुकुम पूर्वद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ जगत घर्ती र सुवोध सेर्पाइली सिफारिसमा परेका छन् ।

प्रदेश सभा (क) को प्रत्यक्षतर्फ तेजबहादुर वली, रामसुर बुढामगर, जीताराम कामी, भीमकुमारी पुनमगर, संगम रोकामगर, ओमकुमारी शाही, कालिप्रसाद रोकामगर र तारक पुनलाई सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख)को प्रत्यक्ष तर्फ कुमारी बराल, लालबहादुर विष्ट, धनमान पुनमगर, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस भएको छ ।

प्रदेश सभा समानुपातिकतर्फ दिलु बुढामगर, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भुलबहादुर विकको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वले जानकारी दिएको छ ।

भदौ २१ र २२ गते बसेको जिल्ला समन्वय समिति रुकुम पूर्वको बैठकले उम्मेदवार सिफारिस सूची तयार पारेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार