माओवादी केन्द्र रुकुम पश्चिमद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

माओवादी केन्द्र रुकुम पश्चिमद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

मुसिकोट । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ ।

माओवादी केन्द्रका अनुसार प्रतिनिधि सभाको उम्मेदवारमा जनार्दन शर्माको नाम सर्वसम्मत गरिएको छ । शर्मा यस अघिपनि जिल्लाबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रका दुवै उम्मेदवार पनि सर्वसम्मत सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र (क) बाट महेन्द्र केसी र निर्वाचन क्षेत्र (ख) बाट राजकुमार शर्माको नाम सिफारिस गरिएको पार्टीका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो ।

माओवादीले समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन भने बाँकी रहेको छ। भोलिसम्म समानुपातिक उम्मेदवार टुंग्याएर सिफारिस गरिने पार्टी संयोजक रोकाले जानकारी दिनुभयो ।

रुकुम पश्चिमबाट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार