बागबजारमा ५० केभीए को नयाँ ट्रान्सर्फमर

बागबजारमा ५० केभीए को नयाँ ट्रान्सर्फमर

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजारमा ट्रान्सर्फमर थप गरिएको छ । नेपाल बिधुत प्राधिकरण रुकुम पश्चिम बितरण केन्द्रले बागबजारमा ५० केभीए को नयाँ ट्रान्सर्फमर थप गरिएको हो ।

नयाँ ट्रान्सर्फमर थप गरिएसँगै बजार क्षेत्रैको विद्युत सप्लाइमा गुणस्तरीयता कायम हुने विद्युत प्राधिकरण रुकुम पश्चिमका कार्यालय प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो ।

अब मुसिकोट नगरपालिकाको वडा नम्बर १ र ५ मा अवस्थित बागबजार ,रावलबारा ,भल्खोली, साउनेपानीमा उक्त ट्रान्सर्फमरबाट लाइन सप्लाई गरिने छ ।

थपिएको नयाँ ट्रान्सर्फमरसँगै खलंगा बजारमा रहेको २०० केभीए ट्रान्सर्फमरको लोड व्यवस्थापन भएका कारण अव उपभोक्ताहरुलाई सहज हुने कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार