वैशाख ११ काठमाडौं
नेपाल एयरलाइन्सले दोस्रो पटक स्वदेशी तथा विदेशी पाइलटले पाउँदै आएको तलब कटौती गरेको छ । एयरलाइन्सले विदेशी पाइलटको ५० प्रतिशत र करारमा नियुक्त नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको हो ।
लकडाउन र अन्तराष्ट्रिय उडान-अवतरण तत्काल खुल्ने सम्भावना कम भएसँगै कम्पनीले तलब कटौती गर्ने निर्णय गरेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काकाले बताउनु भयो । लकडाउन तत्काल नखुल्ने भएपछि बढी तलब बुझ्ने कर्मचारीको तलबलाई तत्काल कतौती गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।
लकडाउन सुरु भएलगत्तै नेपाल एयरलाइन्सले करारमा नियुक्त विदेशी पाइलटलाई दुई साता र नेपाली पाइलटलाई १० दिन बेतलबी बिदा दिएको थियो । नेपाल एयरलाइन्सले करारमा कार्यरत एक सय ६६ जना एयर होस्टेजलाई समेत १० दिन बेतलबी बिदा दिएको थियो ।
नेपाल एयरलाइन्समा कुल १५ जना विदेशी पाइलट छन् । जसमध्ये दुई जना एयरबस ३२० न्यारोबडी उडाउने पाइलट हुन् । १३ जनाले भने वाइडबडी ए ३३० जहाज उडाउँछन्