नेपाली कांग्रेस त्रिवेणी सभापतिमा पुनः दीपेन्द्रकुमार ओली सर्वसम्मत

नेपाली कांग्रेस त्रिवेणी सभापतिमा पुनः दीपेन्द्रकुमार ओली सर्वसम्मत

मुसिकोट । रुकुम पश्चिममा नेपाली कांग्रेस त्रिवेणी गाउँपालिकाको सभापतिमा दीपेन्द्र कुमार ओली पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न गाउँपालिका अधिवेशनबाट ओलीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । ओली यसअघि पनि नेपाली कांग्रेस त्रिवेणी गाउँपालिकाको सभापति हुनुहुन्थ्यो ।
नयाँ कार्यसमितिको उपसभापतिमा दिनेश खड्का र रमिता चन्द, सचिवमा सन्तोष ओली तथा सहसचिवमा पूर्णबिराम ओली चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार