कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु

कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु

कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार