रुकुम पूर्वमा बस दुर्घटना, चार जनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना, चार जनाको मृत्यु

रुकुमकोट । काठमाडौ बाट रुकुमकोट आउँदै गरेको यात्रुबाहक बस रुकुम पूर्वमा दुर्घटना भएको छ ।

आज दिउँसो २:३० बजे रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ तिरखोला स्थित क्याङसि बगर नजिकै ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर १२ जना घाइते भएका छन ।  बस सडकबाट एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

मृत्यु भएकाहरूको परिचय खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार