कार्तिक ५ गते भित्र हतियार बुझाउन प्रशासनको आग्रह

कार्तिक ५ गते भित्र हतियार बुझाउन प्रशासनको आग्रह

मुसिकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई भरपर्दे,  विश्वसनीय बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि हातहतियार नजिकको प्रहरी एकाइ मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन प्रशासनले आज सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले शुक्रबार सूचना जारी गर्दै कार्तिक ५ गतेसम्म सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गर्नुभएको छ ।

उक्त हातहतियार निर्वाचन सम्पन्न भएपश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय द्धारा जारी सूचना :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार