कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु

कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु

कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेंगुबाट संक्रमित भएका छन्। सबैभन्दा बढी सुर्खेतमा डेंगुबाट चार सय २२ जना सङ्क्रमित छन्।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालिकोटमा २१ र दैलेखमा १४ जना डेंगुबाट संक्रमित छन्।

यस्तै रुकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेंगुबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेंगु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गु सङ्क्रमणको रेडजोनमा छ। वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित छन्।

प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए। डेंगु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेंगु फैलिन्छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार