त्रिवेणीमा घुम्ती शिविर, झण्डै चार हजारले पाए सेवा

त्रिवेणीमा घुम्ती शिविर, झण्डै चार हजारले पाए सेवा

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर मार्फत ३ हजार ९ सय ६ जनाले सेवा लिएका छन् । गाउँपालिकाले असोज ५ गतेदेखि प्रत्येक वडामा एकदिने घुम्ती सेवा शिविर सञ्चालन गरेकोमा वडा नं २ मा सेवा प्रवाहसँगै शिविर सम्पन्न गरिएको हो ।

शिविर मार्फत १ नम्बर वडामा ६ सय ४७, २ नम्बर वडामा ३ सय ४१, ३ नम्बर वडामा ३ मा २ सय ८५, ४ नम्बर वडामा ५ सय ५३, ५ नम्बर वडामा ७ सय १२ जनाले घुम्ती शिविर मार्फत सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ६ र ७ मा ३ सय २, ८ नम्बर वडामा ३ सय ५९, ९ नम्बर वडामा ३ सय ६८ र १० नम्बर वडामा ३७ जनाले सेवा लिएका छन ।

घुम्ती शिविर मार्फत योजना सम्झौता, व्यवसाय नवीकरण, व्यवसाय ईजाजतपत्र, स्वास्थ्य सेवा तथा परामर्श, पशु रोग सम्वन्धी औषधि वितरण, कृषि सेवा तर्फ बीउ वितरणका सेवा प्रदान गरिएको छ ।

यस्तै मार्फत शिविर अपांग परिचय पत्र, गहुँको बीउ माग, कृषि सामग्री माग, छोरीको खाता सञ्चालन, कुकुरलाई रेविज विरुद्धको खोप सेवा दिइएको प्रमुख प्रशासकीय अधिकृत घर्तिले जानकारी दिनुभयो ।

शिविर अन्तरर्गत कृषि सेवा तर्फ ९ सय ९९ जना किसानलाई मुला र भाजी सागको बीउ एक/एक पाकेट निःशुल्क वितरण गरिएको छ । एकीकृत घुम्ती शिविरबाट सेवा पाएपछि त्रिवेणी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार