नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

बैशाख ११ काठमाडौ
नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएको हुन । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले निको हुनेको संख्या ९ जना पुगेको बताउनु भयाे । पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर आज घर फर्केको बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार