ठूला पार्टीबाट दलिततर्फ एक-एक जना मात्रै उम्मेदवार

ठूला पार्टीबाट दलिततर्फ एक-एक जना मात्रै उम्मेदवार

काठमाडौं । ठूला पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार चयनमा दलित समुदायको प्रतिनिधित्वलाई न्युन स्थान दिएको पाइएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट दलित समुदायका एक-एक जनाले मात्रै उम्मेदवारी दिएका छन्।
कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपालीले रूकुम पश्चिममा उम्मेदवारी दर्ता गरेका छन्। यहाँ अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रबाट जनार्दन शर्माले पनि उम्मेदवारी दिएका छन्।

यो क्षेत्रबाट सत्ता गठबन्धनबाट आफू साझा उम्मेदवार भएको शर्माले बताइरहेका छन्। जसले गर्दा यहाँ कि कांग्रेस र एमालेबीच मित्रवत प्रतिस्पर्धा हुनेछ कि कांग्रेसले मानबहादुरलाई पछि हटाउन सक्छ।

यस्तै नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर १ मा नेता छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ। यहाँ सत्ता गठबन्धनको सहयोगमा घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यस्तै नेकपा माओवादी केन्द्रले बाँके क्षेत्र नम्बर १ मा महेश्वरजंग गहतराजलाई उम्मेदवार बनाएको छ। युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गहतराजले २०७४ मा पनि चुनाव जितेका थिए। यहाँ नेकपा एमालेबाट सूर्यप्रसाद ढकाल उम्मेदवार छन्।

ठूला दलहरूले उम्मेदवार चयन गर्दा दलित समुदायको प्रतिनिधित्वलाई स्थान दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ। सेताेपाटि अनलाइनबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार