प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

मुसिकोट । प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेस रुकुम पश्चिम क्षेत्र नम्बर (२)  बाट नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेको छ ।

आइतबार ओलीले रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र (२) बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गर्नुभएको थियो ।

ओलीको विरुद्धमा ध्रुवबिक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् ।

कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६-FJ–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

उजुरीका सम्बन्धमा आवश्यक प्रमाण ल्याउन दुवै पक्षलाई मंगलबार दिउँसो ४:३० बजे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बोलाइएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताउनुभयो ।

गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार