रुकुमकोट । मंसिर ४ गते हुन गैइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै गएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरुले भेटघाट तथा घरदैलो जारी राखेका छन् ।
गठबन्धनका तर्फबाट रुकुम पूर्व प्रदेश सभा (ख) का उम्मेदवार धनबहादुर केसीले शनिबारबाट आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो अभियान सुरु गर्नुभएको छ । घरदैलो अभियान अन्तरगत केसीले गाउँमा पुगेर मतदाताहरु सँग भेटघाट, अन्तरक्रिया कार्यक्रम सुरु गर्नुभएको हो ।
शनिवार उम्मेदवार केसी सहित पाटिका नेताहरु सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा, चोकबजार, शिला लगायतका बस्तिमा पुगेर घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गर्नुभएको छ ।
आफु गठबन्धनको साझा उम्मेदवार रहेकोले सबै मतदाताहरुलाई संविधानको रक्षाका लागि उम्मेदवार केसीले सत्ता गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभएको छ ।
जिल्लाको समृद्धि र विकासलाई सवै ठाउँ र वर्गका जनता सामु पुर्याउन गठबन्धनका उम्मेद्धवारलाई जिताउनुको विकल्प नभएको उहाँहरुको भनाई छ ।

