मुसिकोटमा सौर्य बत्ती जडान गरिँदै

मुसिकोटमा सौर्य बत्ती जडान गरिँदै

मुसिकोट । रुकुम पश्चिमको मसिकोट नगरपालिकाले मुसिकोटका सार्वजनिक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने लागेको छ । बजारको सुरक्षाका लागि नगरपालिकाले खंलगा वजार आसपासका क्षेत्रमा ४० वटा सौर्य बत्ती जडान गर्ने लागेको हो ।

नगरपालिकाले सौर्य  बत्ती जडानको लागि ठेकेदारलाई जिम्मा दिइसकेको छ ।

पहिलो चरणमा खंलगा बजारको पुष्पलालचोक देखि जिल्ला प्रहरी कार्यालयसम्म, माथिल्लो बजार, ब्राहटाकुरा, झुलुङ्गे पुल, बागबजार देखि पातुखोला सम्म सडक बत्ती जडान गरिने नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

यस्तै दोस्रो चरणमा सेरीगाउँ, सल्ले, सितलपोखरी लगायतका ठाउँमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख केसीको भनाइ छ ।

रातीमा आँफै बल्ने र दिनमा निभ्ने बत्ती जडान हुन लागेको हो । यसअघि खलंगा बजारको सहिदगेट देखि पुष्पलाल चोकसम्म सौर्य बत्ती जडान गरिसकिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार