प्रदिपको उपचारको लागि २ लाख ८१ हजार संकलन

प्रदिपको उपचारको लागि २ लाख ८१ हजार संकलन

रुकुमकोट । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका रुकुम पूर्वका प्रदिप केसीको उपचार लागिको रकम संकलन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ३ पाँगा स्थाई घर भई रुकुमकोट बस्दै आएका केसीको उपचारको लागि आर्थिक रकम संकलन गरिएको हो ।

केसीको उपचारको लागि रुकुम पूर्वका पत्रकार मदन विसीले सहयोगक रकम संकलन अभियान सञ्चालन गर्नुभएको थियो । विसीले सञ्चालन गरेको अभियानबाट २ लाख ८१ हजार ६ सय १५ रुपैयाँ सहयोग रकम संकलन भएको हो ।

आर्थिक अवस्था कमजोर भएकाले केसीको उपचारको लागि पैसा नभएपछि सहयोग अभियान सञ्चालन गरिएको पत्रकार विसीले बताउनुभयो ।

शुक्रबार सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुर्ण घर्ती, प्रदेश निर्वाचन क्षेत्र नम्बर ख का उम्मेदवार धनबहादुर केसि र स्वतन्त्र उम्मेदवार केशव रावलले संयुक्त रुपमा प्रदिपकी श्रीमतीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छन । केसीको घुडाको जोर्नी छुट्टीएर अलग भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार