निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरु प्रतिवद्ध

रुकुम पश्चिममा

निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरु प्रतिवद्ध

रुकुम पश्चिममा

मुसिकोट । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न रुकुम पश्चिमका राजनीतिक दलहरु सहमत भएका छन्।

आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिमले आयोजना गरेको सर्वदलीय बैठकमा दलहरु आचारसंहिता पालना गर्न आफूहरु प्रतिवद्ध रहेको भनी निर्णयमा हस्ताक्षर गरेका छन्।

छलफलमा नेकपा माओवादी केन्द्रका नेता बसन्त कुुमार शर्मा, नेकपा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार नन्दराम देवकोटा, एमालेबाट प्रदेश (क) का उम्मेदवार नारायण कुमार शाह, नेकपा एमालेका उप-सचिव रचना मल्ल, नेपाली काँग्रेसका युवा नेता एवं स्वतन्त्र उम्मेदवार तारक केसी, राप्रपाका शंकर विष्टले निर्वाचन सम्बन्धी कानुन र विभिन्न आचारसंहिता पालना गर्न प्रतिवद्ध जनाएका हुन।

दलका प्रतिनिधिले आफ्नो पार्टीले आचारसंहिताको पालना गर्ने र कोही कसैबाट उल्लंघन भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउने पनि बताएका छन्।
उनीहरुले आचारसंहिताको कार्यान्वयनलाई सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने पनि बताए।

वैठकमा आचारसंहिता राजनीतिक दल, सरकारका मन्त्री, सरकारी कर्मचारीदेखि सर्वसाधारण सबैले पालना गर्नुपर्नेमा सबैको जोड थियो।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले निर्वाचन आचारसंहितको कानुनी आधार, उदेश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि संचारमाध्यम सबैले पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन, राजनैतिक दल र उम्मेदवारको भूमिका, निर्वाचन सम्बन्धी कार्यक्रम लगायतका विषयमा बैठकमा जानकारी गराउनु भएको थियो ।

रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत खडक बहादुर केसीको अध्यक्षतामा बसेको बैठकमा दलका प्रतिनिधिबाहेक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, रुकुम जिल्ला अदालतका श्रेष्तेदार उप-सचिव कृत बहादुर बोहरा, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद सोती, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख तथा निर्वाच आचारसंहिता अनुगमन अधिकृत बोमलाल पराजुली, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी लगायतको उपस्थिति थियो।

यस्तै प्रमुख जिल्ला अधिकारी घिमिरेले आचारसंहिता पालना गर्ने र गराउन सबै प्रतिवद्ध हुनुपर्ने बताउनु भयो। ‘हामी सबै सरोकारावालाहरुले पालना गर्‍यौँ भने उल्लंघन हुने सम्भावना नै रहन्न’ उहाँले भन्नुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई पनि नभएको बताउनु भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि रुकुम पश्चिमा १२ जना चुनावी मैदान छन् ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार