६७ औं प्रहरी दिवसको अवसरमा वृक्षारोपण

६७ औं प्रहरी दिवसको अवसरमा वृक्षारोपण

मुसिकोट । ६७ ‍औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले वृक्षारोपण गरेको छ । आईतबार कार्यालयले विभिन्न प्रजातिका विरुवाहरु रोपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले प्रहरी दिवसको अवसरलाई लक्षित गरेर विभिन्न विधाका खेलकुद प्रतियोगिता, स्वास्थ्य परिक्षण, वृक्षारोपण कार्यक्रम लगायत विभिन्न सचेतनामूलक कार्यक्रम गरेको जनाइएको छ ।

वृक्षरोपण कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद सोती, प्रहरी निरिक्षकहरु राजिव श्रेष्ठ र सुधिर खड्का लगायत प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार