निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीलाई अनुशिक्षण तालिम

निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीलाई अनुशिक्षण तालिम

मुसिकोट । मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले माग गरेर छनोट भएका म्यादी प्रहरीलाई अनुशिक्षण तालिम दिन थालिएको छ। आईतबार देखि मुसिकोटमा तालिम सुरु गरिएको छ ।

प्रहरी निरीक्षक राजिव श्रेष्ठले कार्यालयले माग गरेका ७७५ जना म्यादी प्रहरी छनोट भएर तालिम दिने कार्य सुरु भएको जानकारी दिनुभयो । छनोट भएका सबै म्यादीलाई एकै सिफ्टमा तालिम प्रदान गर्ने गरिएको छ।

छनोट भएका म्यादी प्रहरीलाई १० दिनसम्म तालिम प्रदान गरिनेछ। तालिम कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ। तालिमपश्चात् म्यादीलाई मतदान केन्द्रका लागि खटनपटन कार्य हुनेछ।

अनुशिक्षण तालिम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद सोती, शसस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) गोबिन्द बहादुर केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, प्रहरी निरिक्षक राजिव श्रेष्ठ र सुधिर खड्काको आतिथ्यता रहेको थियो ।

यस पटकको निर्वाचनका लागि रुकुम पश्चिममा ७७५ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि आवेदन दिने अन्तिम दिनसम्म ११ सय जनाको आवेदन परेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार