नेपाल पत्रकार महासंघ रुकुमको वेभसाईट शुभारम्भ

नेपाल पत्रकार महासंघ रुकुमको वेभसाईट शुभारम्भ

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम शाखाले आफ्नो वेभसाईट शुभारम्भ गरेको छ । बढ्दो प्रविधिको प्रयोगसंगै महासंघले डिजिटल सूचना प्रणालीलाई ध्यानमा राख्दै वेवसाइट संचालनमा ल्याएको हो ।

बिहिबार प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एक कार्यक्रमका बीच वेभसाईट सार्वजनिक गर्नुभएको हो ।

वेभसाईट सार्वजनिक गर्नुहुँदै प्रमुख जिल्ला अधिकारि घिमिरेले महासंघका गतिबिधिहरु र सूचनाहरुको नियमित अपडेट हुने अपेक्षा व्यक्त गर्नुभयो । महासंघको वर्तमान कार्यसमितिको सक्रियताको प्रशंसा गर्नुहुँदै उहाँले आम सर्वसाधरणलाई आवश्यक सूचना प्रदानमा पत्रकार महासंघको वेभसाईटले सहयोग पुग्ने बताउनुभयो ।

fnjrukum.org मार्फत जिल्लामा पत्रकार महासंघका गतिविधिहरु, सांगठानिक संरचना, कार्यसमिति र सदस्यहरुको विवरण, जिल्लाका पत्रकार र सञ्चार माध्यामहरुको विवरण हेर्न सकिने नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

महासंघले तयार गरेको मिडिया डायरी-२०७९ समेत वेभसाईटमा रहेकोले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको विवरण, अस्पताल तथा सुरक्षा निकायको विवरण, राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुको विवरण, एम्बुलेन्स, बित्तिय निकाय लगायतको विवरण राखिएको छ ।

वेभसाईट शुभारम्भ कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय प्रमुख, जिल्लामा क्रियाशिल पत्रकारहरु, शिक्षक, गैससकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार