मुसिकोट । रुकुम फुटबल क्लब रुकुम पश्चिमको आयोजनामा प्रथम विनोद कप सुरु भएको छ । फुटबल खेलाडी स्वर्गिय विनोद केसीको सम्झनामा मुसिकोट नगरपालिका वडा नम्बर १३ स्थित सेवा केन्द्र मैदान सादनचौरमा सुरु भएको हो ।
आज एक कार्यक्रमका विच प्रतियोगिताको मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा विजेता हुने समुहले एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता हुने समुहले ५५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने रुकुम फुटबल क्लबका अध्यक्ष हरि केसीले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरु छनोट गरि पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर छनोट गरि पाँचरपाँच हजारको साथमा ट्रफीले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, वडा नम्बर १३ का वडा अध्यक्ष खलबहादुर खड्का, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।



