मेरोमाइक्रोफाइनान्स मुसिकोट द्वारा सहयोग रकम हस्तान्तरण

मेरोमाइक्रोफाइनान्स मुसिकोट द्वारा सहयोग रकम हस्तान्तरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ काम्ले स्थित मिन बहादुर बिसी लाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड मुसिकोट शाखाले सहयोग रकम उपलब्ध गराएको छ ।

शाखाले १७ हजार पाँच सय सहयोग रकम हस्तान्तरण गरेको छ । मेरो पानखोला महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य पार्वती थापा बिसीको मृत्यु भएपनि उहाँका पति लाई काजक्रिया खर्च बाफको रकम हस्तान्तरण गरेको छ ।

मृतक पार्वती बिगत २०७३ साल देखि मेरो माइक्रोफाइनान्स संस्थाको समुहमा आवद्ध भई कारोबारो गदै आउनु भएको थियो । उहाँको २०७९ साउन ४ गते मृत्यु भएको थियो ।

उहाँले दुई लाख पचास हजार कर्जा लिएकोमा बाँकी रकम एक लाख त्रिपन्न हजार दुुई सय पचास मिनाह गरेको छ ।

सस्थाले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार