सोलाबाङमा बजार अनुगमन

सोलाबाङमा बजार अनुगमन

मुसिकोट । दशैं तिहार लगायत चाडपर्वको मौका छोपी बजारमा हुने कालोबजारि रोक्न रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बजार अनुगमन कार्य लाई जारी राखेको छ ।

म्याद गुज्रेका खाद्यवस्तुहरु बेच्न नपाउन र कृत्रिम अभाव हुन नदिन नगरपालिकाले नगर क्षेत्रका मुख्य मुख्य बजारमा अनुगमनलाई निरन्तरता दिईरहेको छ ।

यसै अन्तरगत शुक्रबार मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा बजार अनुगमन गरिएको छ । अनुगमन टोलीले सोलावाङ बजारमा सञ्चालनमा रहेका २० वटा खाद्य तथा किराना पसल, नास्ता पसल, एग्रोभेट, तरकारी तथा फलफुल पसल र औषधि पसलको अनुगमन गरेको छ ।

 

अनुगमन टोलीले तोकिएकै मुल्यमा सामानहरु बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसूचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ । नगर उपप्रमुख विमल कुमार पुन मगरका अनुसार चाडपर्वको समयमा म्याद गुज्रिएका सामग्रीको किनबेच हुने भएकाले कालो बजारी रोक्न बजार अनुगमनलाई जारी राखिएको छ ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गुज्रेका पेय पर्दाथ रामद गरि नियन्त्रणमा लिईएको छ भने दर्ता तथा नविकरण नभएका व्यवसायीहरुलाई तत्काल व्यवसाय दर्ता, नविकरण गर्न निर्देशन दिईएको छ ।

मुुसिकोट नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, सुरक्षा निकायका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, सम्बन्धित वडाका जनप्रतिनिधिको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको थियो ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार