रुकुम पश्चिममा २१ मतदानस्थल अति संवेदनशील

रुकुम पश्चिममा २१ मतदानस्थल अति संवेदनशील

फाईल तस्वीर

मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये रुकुम पश्चिमका २१ मतदानस्थल अति संवेदनशील रहेका छन्।

निर्वाचनका लागि स्थानीय प्रशासनले मतदानस्थलहरुको सुरक्षा संवेदनशीलता वर्गीकरण गरेको हो । जिल्लाका ७६ वटा मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले मतदानस्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा विभाजन गरिएको छ । जसअनुसार २१ वटा मतदानस्थल अति संवेदनशील, ४३ वटा संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।

प्रजिअ घिमिरेका अनुसार जिल्लामा सडकको पहुँच, दुर्गम, सञ्चार सम्पर्क, सुरक्षाको दृष्टिकोणले दुरी, विगतको चुनावमा भएको झडप, राजनैतिक गतिविधिहरुको प्रतिश्पर्धा, पूर्वाधारको अवस्था लगायतको आधारमा संवेदनशीलता बर्गीकरण गरिएको हो ।

२१ वटा मतदानस्थल भने सडकको पहुँच नभएका, दुर्गम, सुरक्षा वेश देखि टाढाको दुरी, विगतको चुनावी गतिविधि लगायतको कारणले अति संवेदनशील मानिएको हो ।

रुकुम पश्चिमका ६ स्थानीय तहमा ७६ मतदानस्थल र १३९ मतदान केन्द्र रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार