कर्णालीमा एमालेलाई विरासत जोगाउन मुश्किल

कर्णालीमा एमालेलाई विरासत जोगाउन मुश्किल

१० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्र गरि १२ प्रतिनिधि सभा र २४ प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

२०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा माओवादीसँगको एकतामा सबै भन्दै बढी सिट नेकपा एमालेले जितेको थियो । तर फुटका कारण कर्णालीमा एमालेलाई २०७४ सालको विरासत जोगाउन मुस्किल पर्ने आकलन गरिएको छ ।

२०७४ सालको संघ र प्रदेशको निर्वाचनमा अत्यधिक बहुमत कम्युनिष्ट शक्तिको पक्षमा आयो । १२ संघीय निर्वाचन क्षेत्र भएको कर्णालीमा नेपाली कांग्रेस शून्यमा झ¥यो । एमालेले ६, माओवादी केन्द्रले ५ र स्वतन्त्रले १ स्थानमा जीत हासिल गरे ।

त्यस्तै प्रदेशसभाका २४ मध्ये १४ स्थानमा एमाले, ९ स्थानमा माओवादी केन्द्र र १ स्थानमा मात्रै कांग्रेसले जीत हासिल गरेका थिए । तर, अहिले सत्तारुढ गठबन्धन एक भएर चुनावमा होमिँदा एमालेलाई मंसिर ४ मा हुने निर्वाचनमा साख जोगाउन मुस्किल पर्ने आकलन छ । तर, एमाले उम्मेदवार भने गठबन्धन भएपनि प्रदेशसभामा ७४ को नतिजा दोहोरिने दावी गरिरहेका छन् ।

एमालेले सुर्खेत, दैलेख र सल्यानको प्रतिनिधि सभातर्फ गठबन्धन हुँदा पनि जित्न सक्ने आकलन गरेको छ। अन्य केही जिल्लामा गठबन्धन नभए एमालेको जित निश्चित भएको तर्क एमाले नेताहरु गर्छन् । तर, कर्णालीका सबै जिल्लामा गठबन्धन भए एमालेलाई १२ सिटमा आफ्नो विरासत जोगाउनै मुस्किल छ । तर, नेताहरूको दावी भने प्रदेश सभाका २४ मा १४ र प्रतिनिधिसभाको १२ सिटमा ६ सिट जित्ने छ ।

संयुक्त रूपमा लड्ने तीनवटा दलसँग एक्लो दलका रूपमा प्रतिस्पर्धा गर्नु नै कर्णालीमा एमालेको साख जोगाउनमा देखिएको मुख्य चुनौती हो ।

त्यसमाथि एमाले फुटाएर बनेको नेकपा एकीकृत समाजवादीको कर्णालीमा राम्रो पकड भएकाले पनि कर्णालीमा यो पटक एमालेलाई विरासत जोगाउन मुस्किल पर्ने अनुमान छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार