जहाज कुर्दाकुर्दै बिरामीको मृत्यु

जहाज कुर्दाकुर्दै बिरामीको मृत्यु

मुगुको रारा विमानस्थलमा जहाज उडान नहुँदा एक बिरामीको एयरपोर्टमा मृत्यु भएको छ ।

जिल्लाको छायाँनाथ रारा नगपालिका–५ ढुम गाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै मृत्यु भएको छ । केही दिन अघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा भर्ना भएका र अस्पतालले उपचार गर्न नसकेर शुक्रबार नेपालगञ्ज रिफर गरेपछि एयरपोर्ट पुर्‍याएरका रोकायालाई जहाज नआउँदा मृत्युको छ ।

जहाज नआउँदा रोकायाको एयरपोर्टमै मृत्यु भएको रारा विमानस्थल प्रमुख रोमन भट्टराईले बताए । रारा विमानस्थलमा नेपालगञ्जदेखि जहाज उडान कम हुन थालेपछि बिरामीको अकालमा ज्यान जान थालेको छ ।

रोकायाको घाँटीको घाउ जटिल देखिएको अस्पतालमा उपचार असम्भव देखिएपछि नेपालगञ्ज रिफर गर्नु पर्ने अवस्था आएको जिल्ला स्वास्थ्य प्रमुख उमेश गौतमले जनाए ।

गत असोज १९ गतेको भीषण बाढी पहिरो कर्णाली राजमार्ग जोखिम भएपछि दसैं तिहार मनाएर सहरतिर फर्किन यात्रुको चाप विमानस्थलमा बढेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार