कात्तिक १८ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन

कात्तिक १८ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन

फाईल तस्बीर

निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले एक सातापछि मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कात्तिक १८ बाट देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताउनुभयो । ‘मतदाता शिक्षाका लागि सामग्री जिल्ला–जिल्लामा पुगिसकेका छन् । १८ कात्तिकबाट प्रारम्भ हुन्छ,’ उहाँले भन्नुभयो । आयोगले मतदाता शिक्षा कार्यक्रमलाई एक करोड ८० लाख मतदातासमक्ष पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्नेछ ।

एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछ । ‘दुई प्रकारको ब्रोसरबाट मतदातालाई मतदान प्रक्रिया, प्रलोभनमा नपर्ने कुराहरू जानकारी दिइनेछ ।

एउटा ब्रोसर साढे १२ लाख र अर्को पनि साढे १२ लाखको संख्यामा देशभर पठाइएको छ । नेपालमा कुल ६ हजार सात सय ४३ वडा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार