मुसिकाेटमा स्याल आतंक, टोकाइबाट ९ जना घाइते

मुसिकाेटमा स्याल आतंक, टोकाइबाट ९ जना घाइते

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोटमा स्यालको टोकाईबाट ९ जना घाईते भएको छन । मुसिकोट नगरपालिका वडा नम्वर ४, ६ र १० मा स्यालको टोकाईबाट ९ जना घाईते भएका छन् ।

पत्रकार दिपेन्द्र महताराका अनुसार नगरपालिकाकाे वडा नम्वर ४ मा २ जना र वडा नम्वर ६ मा ६ र वडा नम्बर १० मा १ जनालाई स्यालले टोकेको हो ।

स्यालको टोकाईबाट ४ नम्वर वडाका ओम प्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी घाईते हुनुभएको छ । वडा नम्वर ६ मा स्यालले टोक्दा स्थानीय रामबहादुर बोहोरा, दिपा बोहोरा, चक्र बहादुर महतारा, उर्मिला बोहोरा, सविता गौतम, गेदलाल गिरी र वडा नम्वर १० का भुपेन्द्र बुढा घाईते हुनुभएको छ । बुढा सदरमुकाम मुसिकोटबाट बाईकमा घर जाँदै गर्दा स्यालको आक्रमणमा पर्नुभएको थियो ।

घाईते मध्य पाँच जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहको छ भने एक जनालाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ । जिल्ला अस्पताल सल्लेका अनुसार घाईते एक्कीकुमारी बुढाथोकीलाई थप उपचारको लागि मंगलबार नै रिफर गरिएको हो ।

स्यालले अधिकाश घाईतेहरुको अनुहारमा टोकेको छ ।
उनीहरुलाई रेविज विरुद्धको खोप दिइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार