जनार्दन शर्मासँग चुनाव लड्ने को हुन तारक ?

जनार्दन शर्मासँग चुनाव लड्ने को हुन तारक ?

मुसिकोट । रुकुम पश्चिममा यतिबेला नेपाली काँग्रेसको कुनै पनि उम्मेदवार चुनावी प्रतिष्पर्धामा छैनन् । प्रदेश (क) र (ख)मा मात्रै होइन प्रतिनिधि सभामा पनि नेपाली काँग्रेसको उम्मेदवार छैनन् । केन्द्रीय हस्ताक्षेपको आधारमा नाम मात्रैको रुकुममा सत्ता गठबन्धन छ तर परिणाम र व्यवहारमा रुकुममा काँग्रेस माओवादीको देखिने गरि चुनावी सहकार्य छैन ।

दुईवटा स्थानीय तह जितेको नेपाली काँग्रेसले प्रदेश सभामा एउटा सिट मागेको थियोे । अन्तिममा प्रदेश (ख) नेपाली काँग्रेसलाई दिन माओवादी पनि तयार थियोे । तर, नेपाली काँग्रेस केन्द्र र जिल्लाको अलमल्ल समन्वयले त्यो पनि गुमाउन पुग्यो ।

उम्मेदवारी दर्ताको अन्तिम अवस्था सम्म काँग्रेस माओवादी वा सत्तारूढ दलहरू विच रुकुम पश्चिम चुनावी तालमेलको कुनै आधिकारिक सहमति भएन । जसको कारण नेपाली काँग्रेसले प्रदेश (क) र (ख) अनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरे । तर काँग्रेस सभापति शेर बहादुरले देउवाले प्रदेश (क) मा उम्मेदवार कृष्ण बहादुर रोकाय र प्रतिनिधि सभाममा उम्मेदवारी दिएका मान बहादुर नेपालीलाई फोनमा हप्काउदै उम्मेदवारी फिर्ता लिएरर जनार्दनको प्रचारप्रसारमा हिड्न निर्देशन दिएको स्रोत बताउँछ । उता पार्टी सभापति समेत रहेका प्रेम प्रकाश ओलीको प्रदेश (ख) को उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । यहि कारणले नेपाली काँग्रेस रुकुम यतिबेला उम्मेदवार बिहिन छ । यस्तो अवस्थामा काँग्रेस कार्यकर्ता र शुभचिन्तकहरु केन्द्र र जिल्ला नेतृत्व प्रति आगो बनेको स्रोत बताउँछ । यहि असन्तुष्ट पक्षको नेतृत्व गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिएर तारक केसी अर्थमन्त्री समेत रहेका हेभिवेट जनार्दन शर्मा सँग रुकुममा प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधि सभाको उम्मेदवारमा हालका अर्थमन्त्री जनार्दन शर्मा ,स्वतन्त्र उम्मेदवारी दिएका तारक केसी र एमालेका उम्मेदवार नन्दराम देवकोटा बिच मुख्य प्रतिष्पर्धा हुनेछ । विश्लेषकका अनुसार युवा उम्मेदवार र चर्चाको हिसाबले जनार्दन शर्मा सँग तारक केसीको मुख्य टक्कर पर्ने सम्भावना रहेको बताइन्छ ।

को हुन तारक केसी ?
नागरिकतामा तारक केसी भए पनि उनलाई धेरैले चिन्ने नाम तारक प्रतिभा हो । बाल्यकालमा स्कुल पढ्ने बेला विविध प्रतिभाशाली व्यक्ति भएकोले उनको नाम कुनै सरले तारक प्रतिभा राखिदिएका थिए । रुकुम बाँफिकोट हालको वडा नम्बर ३ नेपानेमा जन्मेका तारक केसी उमेरले ३३ वर्षका भए । उनका बुवा अवकाशप्राप्त शिक्षक हुन । द्वन्द्वकालमा माओवादीले उनका वुवालाई विस्थापित बनाएका थिए । वुवासँगै सदरमुकाम मुसिकोटमा विस्थापित भएका केसीले एसएलसी त्रिभुवन जनता मावि मुसिकोटबाट गरेका थिए ।

काँग्रेस पृष्ठभूमिको परिवार भएकोले उनले विद्यार्थी राजनीति जिल्लामा पनि गरे । उनलाई देउवा प्यानलको ट्याग लागे पनि जिल्लामा कहिले पनि देउवा पक्षका नेताले सहयोग गरेन ।नेविसंघको जिल्ला अध्यक्षमा चुनाव लडेका केसी थोरै मतले पराजित भए ।

जिल्ला स्तरका देउवा पक्षका र पौडेल ,कोइराला पक्षका नेताको कडा अवरोध र असहयोगका विच नेविसंघको ११आंै महाधिवेशन मा केसी लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए । समयमै नेविसंघको महाधिवेशन भएको भए उनी महामन्त्रीको दावेदार थिए । उनलाई नेपाली काँग्रेसका नेताहरू गगन थापा,विश्व प्रकाश शर्मा ,नैनसिंह महर,धनराज गुरुङ,बद्री पाण्डे लगाएको स्नेह र सहयोग थियोे ।तर जिल्लामा नेपाली काँग्रेस नेतृत्व र नेताहरू गलत प्रवृत्ति र नीतिमा जान थालेपछि केसीले सधैं त्यसको प्रतिवाद गर्थे ।

यहि कारणले केसीलाई जिल्लामा सहयोग भन्दा बढि असहयोग भयो । युवा र कार्यकर्ता माझ लोकप्रिय केसीले यसपटक यी सबै अवस्थालाई चिर्दै काँग्रेसबाट विद्रोह गर्दै प्रतिनिधि सभामा जनार्दन शर्मासँग चुनाव लड्दै छन् । सयौं सामाजिक संघसंस्थामा आबद्ध तथा नेतृत्व गर्दै अनुभव प्राप्त केसीलाई निर्वाचन आयोगले सुर्यमुखी फुल चुनाव चिन्ह दिएको छ ।

परम्परागत चुनावी शैलीलाई परिर्वतन गरेर युवाहरुको साथ र सहयोगमा आफु मतदाता माझ गइरहेको केसी बताउँछन । केसीको उम्मेद्धारीलाई काँग्रेस बाट असन्तुष्ट अधिकांश पाका नेताहरुको पनि साथ रहेको बताइन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार