आठविसकोट बाट खलंगा आउदै गरेको जिप दुर्घटना, ४ जना घाइते

आठविसकोट बाट खलंगा आउदै गरेको जिप दुर्घटना, ४ जना घाइते

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को सतिपोले डम्पिङ साइट नजिकै फोहर फाल्ने ठाउँमा जिप दुर्घटना भएको छ ।

जिप दुर्घटना हुदा चार जना यात्रु घाईते भएका छन । जिल्लाको आठविसकोट बाट खलंगाका लागि छुटेको लु १ ज १५६९ नम्बरको जिप बुधबार बेलुका ८: ४५ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक राजिव श्रेष्ठका अनुसार जिपको ब्रेक फेल भई सडकमै पल्टिन जाँदा चार जना घाईत भएका छन ।

दुर्घटना लगतै बिमानस्थल सुरक्षा गार्ड सल्लेका प्रहरी सहायक निरिक्षक बालकृष्ण खड्काको कमाण्डमा ७ जनाको प्रहरी टोली र स्थानीयले घाईतेहरुको उद्धार गरेका थिए ।

घाईते हुनेहरुमा आठविसकोट नगरपालिका वडा नम्बर २ का १५ बर्षका गोपाल थापा, सोहि वडाका ५० बर्षकी कमला बुढा, ३० बर्षकी रमिता थापा बोहरा र वडा नम्बर ३ का ९ बर्षका अभिषेक बोहरा रहेका छन ।

घाईते मध्य गोपालको हातको पञ्जामा गहिरो घाउ रहेको छ भने कमलाको टाउकोमा चोट लागेको छ । अन्य दुईको भने अवस्था सामान्य रहेको छ ।

घाईतहरुको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । र्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार