बुढुमष्ट क्षेत्र विकास कोषलाई एक लाख सहयोग

बुढुमष्ट क्षेत्र विकास कोषलाई एक लाख सहयोग

 

 

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोषलाई सामाजिक सेवामा क्रियाशील समाजसेवी गार्ख कुसारीले नगद सहयोग गर्नुभएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ घर भएका हाल अमेरिका बस्दै आउनुभएका कुसारीले बुबा अमरसिङ कुसारीको नाममा १ लाख १ सय ५५ रुपैयाँ बुढुमष्ट क्षेत्र विकास कोषलाई नगद सहयोग गर्नुभएको छ ।

 

आर्थिक सहयोग गर्दै गोर्ख कुसारीले आफ्नो समाज सेवाको काम अन्तरगत मन्दिरको लागि सहयोग गरेको बताउनुभयो । बुबा अमरसिङको सपना पूरा गर्न आफू विभिन्न समाजिक काममा सक्रिय रहेको बताउदै कुसारीले मन्दिरमा आफूले गरेको सहयोगले मन्दिरको भौतिक पूर्वाधार विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा राख्नुभएको छ ।

 

बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष धुब्रराज केसीले सहयोगदाता कुसारीलाई धन्यवाद दिनुभएको छ । मन्दिरको विकासको लागि कुसारीले गर्नुभएको सहयोग र कुसारीले मन्दिर प्रति राख्नुभएको सद्भावको उच्च मुल्याङ्कन हुने अध्यक्ष केसीले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार