आज देखि डिग्रे मेला सुरु

आज देखि डिग्रे मेला सुरु

मुसिकोट । कर्णाली प्रदेशमै प्रशिद्ध धार्मिक डिग्रे मेला आजदेखि रुकुम पश्चिममा सुरु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा लाग्ने उक्त मेला हरिबोधनी एकादशमीको दिन देखि सुरु हुने गर्दछ ।

पाँच दिन सम्म लाग्ने यस ऐतिहासिक तथा धार्मिक मेलामा आज देखि नै बिशेष पुजापाठ सुरु भएको छ । कार्तिक २२ गते पर्ने पुर्णिमाको दिन यहाँ ठुलो मेला लाग्ने जजाईएको छ । परापूर्वकालदेखि नै लाग्दै आएको यस बेलामा पुजाआजा र बलि समेत दिने चलन रहेको छ । यस मेलामा छिमेकी जिल्लाहरु रुकुम पूर्व, सल्यान, रोल्पा, जाजरकोट, दांग समेतबाट दर्शनार्थीहरु आउने गर्दछन् ।

मन्दिरका पुजारी रामप्रसाद गौतमका अनुसार यहाँ भोलि देखि चतुर्दशीको दिनसम्म बोकाको बलि दिईन्छ । उहाँका अनुसार यस पुजापाठ गर्दा मनले चिताएको पुरा हुने विश्वास रहि आएको छ ।

मेलालाई व्यवस्थित बनाउन मुसिकोट नगरपालिकाले पाँच महत्वपूर्ण निर्णय समेत गरेको छ । मेलालाई व्यवस्थित रुपमा सन्चालन एकद्धार यातायता संचालन गर्ने, मेला अवधिभर सुरक्षाको लागि प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रहरी कार्यालयमा अनुरोध गर्ने, मुसिकोट नगरपालिकाका नगर प्रहरी पनि परिचालन गर्ने, मेला सन्चालन अवधिभर आकस्मिक रुपमा आइपर्ने सम्पूर्ण स्वास्थ्य सम्बन्धि समस्याको प्राथमिक उपचारका लागि मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखा र रेडक्रस सोसाइटीलाई व्यवस्थापनको जिम्मा दिने लगायतका निर्णय गरिएको छ ।

डिग्रे धार्मिक मेलाको सुरुवात

हरेक वर्षको कात्तिक पूर्णिमाको अवसर पारी लाग्दैआएको डिग्रे धार्मिक मेला सुरु भएको आधिकारिक जानकारी कतै रहेको पाइन्न। मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा १६४१ सालको घन्ट भेटिएको छ। १६४१ सालको घन्टा भेटिएपनि मन्दिरमा पूजाअर्चना, दर्शन तथा मेला भर्ने काम भने त्यसअघिदेखि नै भएको मानिन्छ।

साइकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती छ। मन्दिर नजिकै रहेका रहेका पानीका धारामा मेलामा मान्छे बढेसँगै पानी पनि बढ्ने विश्वास छ। डिग्रे मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको तिथिमा विशेष महत्वसाथ देशका विभिन्न भू–भागबाट दर्शन तथा मेला भर्न दर्शनार्थीहरु आउँछन्। हरेक हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्छ। एकादशीदेखि नै मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार